सुनकोशी–मरिण डाइभर्सन : ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

काठमाडौँ । संघीय संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारी लगायतसँग छलफल गरेर आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।
Excerpt supplied by Radio Nepal through its RSS feed.
Read full story at Radio Nepal ↗This is a publisher-supplied excerpt. Reporting and images belong to Radio Nepal.